राष्ट्रिय बिभूति ((गौतम बुद्ध)) - WELCOME TO MANAMAIJU
WELCOME YOU ARE HEATLY WELCOME TO OUR SITE
आफ्नो ठाउँ आफै वनाउ भन्ने उदेष्‍शेका साथ,हाम्रो मनमैजुको सँस्कृतिक तथा विविध गतिविधिलाई समेट्ने एक मात्र पहिलो ब्लॉगमा तपाईहरुलै स्वगता छ सूचना पाटी : मनमैजु गा.वि.स,मनमैजु-७ स्थित गणेशस्थान मन्दिर अगाडी निर्माणधिन कलात्मक मनमैजु ध्वाखा निर्माण कार्य भैरहेकोले उक्त सामाजिक कार्यमा आफु सक्दो आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ......श्री मनमैजु खुसिख्य:ध्वाखा निर्माण समिति... मनमैजु -७ ,गणेशस्थान.. फोन न :9813046713,9841036817,9841341178,9841501903,9841341095
Home » » राष्ट्रिय बिभूति ((गौतम बुद्ध))

राष्ट्रिय बिभूति ((गौतम बुद्ध))

Written By Unknown on Thursday, November 6, 2014 | 12:41 PM

भगवान गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन। अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन। बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ। बुद्ध कहलाइनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो। उनलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ।

गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकीनका साथ भन्न नसकिए पनि बीसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल् ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन्।
[१] पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ।
[२] तथापि गौतम बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको सीमाभित्र पर्ने रूपन्देही जिल्लाको लुम्बिनी भन्ने ठाउँमा भएको थियो भन्ने कुरामा दुईमत छैन।
[३] उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला भनी चिन्तित रहन्थे। यही दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। बोधगया भन्ने ठाउँमा एक बृक्षको मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यक सम्वोधि प्राप्त भयो र उनी सम्यक सम्बुद्ध कहलाइए। त्यसपछि शेष ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउं पुगी दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।

जन्म
सिद्धार्थ गौतमका बाबु सुद्धोदन तत्कालिन तिलौराकोट राज्यमा शाक्य बंशका राजा थिए। यिनकी आमाको नाम मायादेवी थियो। भनिन्छ रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन्। त्यहीँ उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रूखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो।

बाल्यकाल र विबाह
सामान्य राजकुमारको झैं यिनको पनि उमेर पुगेपछि यशोधरा नामकी युवती सँग विवाह भएको थियो। यशोधराबाट राहुल नामका एक पुत्रको पनि जन्म भएको थियो। गौतम बुद्ध युवा छँदै बिरूढक नामका एक राजासित यिनले युद्ध पनि लडेको इतिहासले बताउँछ।

बैराग्यता र प्रयाण
बाल्यकालदेखि नै गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई हरेक कुराले चिन्तनशील बनाउँथ्यो। दैनिकीकै क्रममा उनले बुढो, रोगी मानिसलाई देखे। उनले मानिस मरेको पनि देखे। यसबाट उनमा बैराग्य पैदा भयो। मानिस के कारणले रोगी हुन्छ? के कारणले बुढो हुन्छ? र के कारणले मर्छ? भन्ने प्रश्नले उनलाई बैरागी बनायो। यीनै प्रश्नको समाधान खोज्न बाबूको उत्तराधिकारमा आउने आफ्नो राज्यको समेत पर्वाह नगरी २९ बर्षको उमेर्मा उनी एकदिन राती सुटुक्क दरवार छोडेर निस्किए।


तपस्या र बुद्धत्त्व
बैराग्यका कारण विभिन्न ठाउँमा भौंतारिँदै सिद्धार्थ गौतम भारतको बोधगया पुगेर त्यहाँ तपस्या गरेको इतिहासले देखाउँछ।


बुद्धका शिक्षा
बुद्धत्त्व प्राप्त गरिसकेपछि बैशाख शुक्ल पूर्णिमाको दिन भगवान् गौतम बुद्धले पहिलोपटक भारतको सारनाथमा उपदेश दिएका थिए। यो ठाउँ हाल भारतको बनारस क्षेत्रमा पर्दछ।

बुद्धले आफ्ना शिक्षालाई धम्म-विनय भन्ने नाम दिए। विनय भन्नाले भिक्षुहरूका लागि बनाईएको नियमहरूको संग्रह बुझिन्छ भन्ने धम्म भन्नाले दु:खमुक्तिका लागि भिक्षु र गृहस्थ सबैका लागि बुद्धले दिएका शिक्षा भन्ने बुझिन्छ। बुद्धका लगभग सारा शिक्षा र उपदेशलाई त्रिपिटकको रूपमा संग्रहित गरिएको छ जसमा बुद्धका ८२,००० र उनका प्रमुख शिष्यहरूका २००० गरी ८४,००० सुत्र संग्रहित छ्न्।

बुद्धले दु:खमुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्व दिदैंनथे। उनी भन्दथे, "भिक्षुहरू म दुई कुरा मात्र सिकाउंछु: दु:ख र दु:खमुक्तिको उपाय।" बुद्धको प्रयोगत्मक् शिक्षालाई ३ किसिमले वर्गिकरण गर्ने चलन छ: शील, समधि र पज्ञा। शीलको जगमा रहेर ध्यानद्वारा समधि पुष्ट गर्दै पज्ञा उत्पन्न् गराउन सकेमा नै दु:खमुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो। शील, समधि र पज्ञाको मार्गमा पुष्ट हुने क्रममा चार आर्यसत्यलाई पूर्णरूपले बुझ्दै जान सकिन्छ। चार आर्यसत्यहरू यस प्रकार छन्:
दु:ख सत्य: दु:ख छ भन्ने कुरा र यसको अवस्थाको बोध
दु:खको कारण सत्य: दु:खको कारण आसक्ति र अन्तत: अविद्या हो भन्ने बोध
दु:खको निवारण सत्य: दु:खको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार
दु:खको निवारणको मार्ग सत्य: दु:खको निवारण गर्ने आर्य अष्टांगिक मार्गको बोध र यसको पालना। आर्य अष्टांगिक मार्गलाई शील, समधि र पज्ञाको रूपमा पनि वर्गिकरण गर्ने गरिन्छ।


धार्मिक सिद्धान्त
1.बुद्धम् शरणम् गच्छामि = बुद्धको शरणमा जान्छु।
2.धम्मम् शरणम् गच्छामि = धर्मको शरणमा जान्छु।
3.संघम् शरणम् गच्छामि = संघको शरणमा जान्छु
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

यस ब्लॉगका बारेमा यहाँहहरुको सरसलाह़ा,सुजाव वा अन्य कुनै जानकारी आदि छ भने कृपया हाम्रो Email:welcometomanamaiju@gmail.com मा पठाईदिनु हुन अनुरोध गर्दर्छौ
हाम्रो मनमैजू ब्लॉग मनमैजू ,काठमांडू

नेपाली समय

नेपाली भित्तेपात्रों

LIKE US

 
Copyright © 2015 Published by Hamro Manamaiju- All Rights Reserved-Proudly powered by Blogger