शंखधर साख्वा नेपालका राष्ट्रिय बिभूति र नेपाल संबतका प्रवर्तक हुनुहुन्छ। उहां एक समाजसेवी थिए जसले तत्कालीन नेपालीलाई ऋणबाट मुक्ति दिलाए। नेपाल सम्बतको सुरुवातकर्ता शंखधर साख्वा कान्तिपुरको इलाछेंमा बस्ने व्यपारी थिए। उनले बिसं ९३६मा कान्तिपुर र भादगाउँका जनताको सम्पूर्ण ऋण तिरी नेपाल सम्बतको थालनी गरेका थिए। तत्कालीन समाजमा शुद्र जातिलाई पशुपतिका प्रवेसमा बन्देज लगाक्ष्एको थियो। कान
्तिपुरका राजा राघवदेवले शंखधरको योगदानलार्क्ष कदर गरी शुद्र जातिलार्क्ष पशुपतिमा प्रवेश दिएका थिए। नले प्रचलनमा ल्याएको नेपाल सम्बत बिसं १९६० सम्म पनि नेपालको सरकारी कामकजको भाषाका रूपमा प्रयोग गरिन्थ्यो। तर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले बिक्रम सम्बतलाई चलनमा ल्याएका थिए।
किम्बदन्ति
प्रचलित किम्बदन्ति अनुसार ज्योतिषहरूले निकालेको शुभ साइतमा भद्रमती र बिष्णुमतीको दोभान लखुतीर्थबाट बालुवा झिकेर ल्याए त्यो वालुवा सुनमा परिणत हुन्छ भनेर भादगाउँका राजा आनन्ददेवलाई भनेका थिए। सोही बमोजिम राजा आनन्ददेवले शुभ साइतमा बालुवा झिक्न भरियाहरूलाई पठाए कान्तिपुरका व्यापारी शंखधर साख्वाले शुभ साइतमा झिकेको बालुवाको भारी ल्याएको देखे। शंखधरले ती भरियाहरूलाइ फकाइ फुल्याइ पैसा दिएर उक्तवालुवा आफ्नो घरमा खन्याउन लगाए र पुनः खोलाबाट बालुवा झिकी राजाले भने बमोजिम गर्न भरियाहरूलाई अह्राए। ज्योतिषहरूको भविष्यवाणी मुताबिक चारदिनपछि सो बालुवा सुनमा परिण्त भयो। तर राजाको भण्डारमा खन्याएको बालुवा सुनमा परिणत भएन किन भनें तयो बालुवा झिक्दा शुभसाइत बितिसकेको थियो। त्यसपछि शंखधरले त्यो सुनबाट लोकको कल्याण गर्ने विचार गरे। विभिन्न ज्योतिषहरूको राय सुझाब अनुसार उनले कान्तिपुर र भादगाउँका जनताहरूको ऋण मोचन गरीदिने निर्णय गरे। राजाको अनुमति लिएर शंखधरले नेपाल सम्बत १ पनि सुरुगर्न सफल भए। नेपालको तत्कालीन मन्त्रीपरिषदको निर्णय अनुसार २०५६ मंसिर द्द गते देखि शंखधर साख्वालाई नेपालको राष्ट्रिय विभूतिका रूपमा घाषणा गरिएको छ।
Home »
नेपालका राष्ट्रिय बिभूतिहरू
» राष्ट्रिय बिभूति ((शंखधर साख्वा))
राष्ट्रिय बिभूति ((शंखधर साख्वा))
Written By Unknown on Friday, November 7, 2014 | 12:01 PM
Labels:
नेपालका राष्ट्रिय बिभूतिहरू
0 comments:
Speak up your mind
Tell us what you're thinking... !