रोपाई जात्राको गीत - WELCOME TO MANAMAIJU
WELCOME YOU ARE HEATLY WELCOME TO OUR SITE
आफ्नो ठाउँ आफै वनाउ भन्ने उदेष्‍शेका साथ,हाम्रो मनमैजुको सँस्कृतिक तथा विविध गतिविधिलाई समेट्ने एक मात्र पहिलो ब्लॉगमा तपाईहरुलै स्वगता छ सूचना पाटी : मनमैजु गा.वि.स,मनमैजु-७ स्थित गणेशस्थान मन्दिर अगाडी निर्माणधिन कलात्मक मनमैजु ध्वाखा निर्माण कार्य भैरहेकोले उक्त सामाजिक कार्यमा आफु सक्दो आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ......श्री मनमैजु खुसिख्य:ध्वाखा निर्माण समिति... मनमैजु -७ ,गणेशस्थान.. फोन न :9813046713,9841036817,9841341178,9841501903,9841341095
Home » » रोपाई जात्राको गीत

रोपाई जात्राको गीत

Written By Unknown on Friday, November 7, 2014 | 12:08 PM

बागमती- बिष्णुमति बालुवाको भकारी
खसीको मासु तेलमा भुटी सालीलाई तरकारी

हाम्रो बारीमा परेवा आए हा-हा परिदेउ
चारआना पैसा घीउ खान दिउंला तरुनी फकाईदेउ

परबाट भिनाजु आयो के भनि बोलाउने?
गुड-गुड हुक्का फुटेको चिलिम, नलीले बोलाउने

अषाढको १५ गते बुढी हरायो
बुढीको सत्ता तरुनी पायो झन् मज्जा रमाइलो

सिंहदरबार उज्यालो भयो विजुली बत्तीले
नेवारी गुण्डा बिगारी दियो साल्मीको भत्तिले

सानो-सानो नेवारी भाजु कोदाली मचाऊछ
हाटको कोदाली आलीमा राखी तरुनी फकाउंछ

बालाजुको २२ धारा मूलधारा सुकेको
हेर न दाजु बहिनिको चाला देउसै सुतेको

असनया न्ह्याने, दबुया कुने मिया तल ग्वा
अत्तिकं बांला पुनमाया ल्यासे भतिचा ब्येस्याचा

दांछि या आलु दांछि या पालु , नि दां या मल्वोता
थज्यगु दु:ख छु स्वया च्वोनेउ वोनेनु कलकत्ता
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

यस ब्लॉगका बारेमा यहाँहहरुको सरसलाह़ा,सुजाव वा अन्य कुनै जानकारी आदि छ भने कृपया हाम्रो Email:welcometomanamaiju@gmail.com मा पठाईदिनु हुन अनुरोध गर्दर्छौ
हाम्रो मनमैजू ब्लॉग मनमैजू ,काठमांडू

नेपाली समय

नेपाली भित्तेपात्रों

LIKE US

 
Copyright © 2015 Published by Hamro Manamaiju- All Rights Reserved-Proudly powered by Blogger